eadarsha.com
स्व. प्रा.डा. दुर्गाप्रसाद दवाडी र दामोदर कुण्डको यात्रा संस्मरण
स्व.प्रा.डा. दुर्गाप्रसाद दवाडीको जस्मस्थल कास्कीकोट गाविस कोटमुनि हो। उहाँ असल संस्कारयुक्त परिवारमा जन्मे हुर्केका व्यक्ति हुनुहुन्छ। उहाँका बाबुबाजे मावली सवै सुसभ्य र सु-संस्कृत भएकाले उहाँमा जागृत भएको शैक्षिक चेतना जन्मजात नै हो भन्दा अत्युक्ति नहोला। त्यस बेलाको शिक्षा आर्जन गर्ने थलो भनेको भारतको बनारस नै हो। उहाँ शिक्षा आर्जनको लागि बनारसतर्फ नै लाग्नुभएछ। बनारसको ‘अन्नपूर्णऋषिकुश ब्रह्मचार्य आश्रममा शिक्षा आर्जन गर्ने सौभाग्य उहाँलाई मिलेछ।