eadarsha.com
शहीदको सम्झना
शहीद शव्द फारसी भाषाबाट आएको हो। जसको अर्थ र्ँधर्मयुद्धमा मर्नु’ हुन्छ। यसैगरी ल्याटिन भाषाको :बचतथच पनि वीरगति प्राप्त गर्नेहरूलाई प्रयोग गरिने शब्द हो। कवि साहित्यकारहरूले भन्ने गरेको प्वाँखजस्तो हलुका नभई पहाडजस्तो गह्रुङ्गो मृत्यु नै शाहदत हो। हाम्रो देशमा इतिहासका थुप्रै कालखण्डमा हाम्रा पुर्खाले यस्तै खाले मृत्युको सामना गरे। कहिले जन्मभूमिको रक्षाको खातिर त कहिले निरड्ढुश र तानाशाहीको विरुद्धमा। लोकतन्त्रको स्थापनाका खातिर उनीहरूले वलिदान गरे।