eadarsha.com
परिणाम शून्य स्वतन्त्रताले निम्त्याएको हिंसा अपराध
हिंसा ! हिंसा ! ! हिंसा ! ! ! अनेक किसिमका हिंसाको शृङ्खलाले हाम्रो समाज आक्रान्त बन्दै गएको छ। विशेष गरेर महिलामाथि हुने हिंसाले अहिले धेरै चर्चा पाएको देखिन्छ। आखिर हिंसा भनेको हिंसा नै हो। त्यो माहिलामाथि होस् वा बालबालिकामाथि वा अरु कसैमाथि नै किन नगरिएको होस्। महिला माथि भएको हिंसालाई लिएर विभिन्न क्षेत्रबाट आन्दोलन भइरहेको छ। पीडितमाथि क्षतिपूर्र्ति पीडकलाई हदैसम्मको सजायँको माग राखेको बुझिन्छ। त्यसभन्दा माथि यस सम्बन्धमा कडा कानुन बनाइनुपर्ने माग राखेको सुनिन्छ। तथापि यस किसिमको हिंसा नै आखिर किन हुन्छ ? के कति कारणले यस किसिमको हिंसालाई प्रेरित गरेको छ र के कसरी यसमा निराकरण ल्याउन सकिन्छ