eadarsha.com
डेकेन्द्र हत्या प्रकरण र कानुनी व्यवस्था
पत्रकार डेकेन्द्र थापालाई माओवादी कार्यकर्ताले ०६१ साउन १२ गते खानेपानी विवाद मिलाउन भन्दै बोलाएर अपहरण गरी ०६१ साउन २७ गते हत्या गरेका थिए। २०६५ भदौ १२ गते डेकेन्द्र पत्नी लक्ष्मीले बमबहादुर खड्का मुक्ति, केशव खड्का, लक्षीराम र्घर्ति, भक्तिराम लामिछाने, समेतका उपर किटानी जाहेरी दिएकी थिइन् तर प्रहरीबाट कुनै कारबाही नभएपछि उनले सुखेत पुनरावेदन अदालतमा रिट निवेदन दिइन् र सो अदालतबाट कारबाही गर्नू भन्ने आदेश भएपछि सर्वप्रथम लक्ष्मीराम र्घर्तीलाई पक्राउ गरियो।